चिनेकोभन्दा किनेको पक्का

  • संकेत कोइराला

बाली खडेरीले सत्यानास भएपछि कुनै एक किसानले राहतका लागि चारैतिर बिन्तीभाउ ग¥यो । कतैबाट सुनुवाइ भएन । अन्तिम विकल्पमा एक हजार सहयोग माग्दै भगवान्का नाममा चिठी लेखेर हुलाकमा खसाल्यो । भगवान्को नामको चिठी कसलार्ई बुझाउने ? हुलाकी अलमलमा प¥यो । अन्तिममा केही उपाय नजँचेपछि आपैंmले चिठी खोल्यो । व्यहोरा पढ्यो । किसानको पीडा बुझेपछि अपार दया पलायो । जे पर्ला भनेर ५ सय रुपैयाँ त्यो किसानका नाममा पठाइदियो । किसानले पैसा हात पा¥यो । खुसी हुनु साटो शिकायत गर्दै तत्काल अर्को चिठी पठायो– ‘प्रभु, हजुरले पठाएको आधा रकम पाएँ । अर्को पल्टदेखि सीधै मेरो ठेगानामा पठाउनुहोला । हुलाकको ठेगानामा पठाउँदा अहिले जस्तै सरकारी कर्मचारीले आधा कमिसन खाएर बाँकी मात्र मेरो हातमा नपरोस् ।’

प्रधानमन्त्री केपी ओलीले ठूला मुखियाहरूलार्ई राष्ट्रिय पोसाक पहिरिन उर्दी जारी गरेपनि राजनीति र प्रशासनका लवेदा सुरुवालधारी बीच ट्यूनिङ नमिल्दा सरकारका संयन्त्रप्रति आममानिसको बुझाइ निकृष्ट खालको छ । राजनीति र प्रशासनमा न सवै मानिस खराब छन्, न सबै असल छन् । तर, खराबको संख्या न्यून बनाउने प्रयास नहुँदा अपेक्षाकृत राजनीतिमा रहेको गाढा खराब रंग प्रशासनमा सर्लक्कै सरेको छ । सोच, विधि र व्यवहारमा असमानताको कहालिलाग्दो जड खेपिरहेको निजामती सेवामा सुधार हुनु साटो त्यो खाडल झनझन् गहिरिँदो छ । सरकारले दिएको तलब कर्मचारीका लागि बेतन नभएर लोकसेवा आयोग पास गरिदिए वापत दिनुपर्ने न्यूनतम दस्तुरमा सीमित छ ।

कर्मचारीबाट थप सेवा चाहिए दस्तुर पनि अतिरिक्त बुझाउनुपर्ने अघोषित बाध्यकारी व्यवस्था यसैको उपज हो । बरु हिमालमा यती मानव भेटिएला तर कुनै सरकारी निकायमा हाँसेर सेवा खातिर उपस्थित हुने मानिस भेटियो भने त्यो आठौं आश्चर्य हुनेछ । भनेकै समयमा सेवा दिनु अपराधशास्त्रभित्र पर्छ । कुनै पीएले हाकिमलार्ई सहजै भेटायो भने जाने हुन्छ, ऊ सरकारी शैलीमा अपरिपक्व छ । सचिवालय र पीए भनेको कामको सहजीकरणका लागि सरकारले उपलब्ध गराएको संयन्त्र हो । तर, हाकिमलार्ई नभेटाउने कुशलतामा उसको कार्यसम्पादन उच्च हुन्छ । मानौं हाकिमसँग तेस्रो मानिस भेटाउनु उसको पखेटा काटिनु हो । अरू त अरू सडकमा अमानवीय, निर्मम र ट्राफिक नियम उल्लंघनकर्ताको पहिलो सूचीमा कोही हुन्छ भने सेतो प्लेटका चालक नै हुन्छन् ।

 सरकारी संयन्त्रभित्रका जालोको अगाडि सडकमा छरपस्ट जेलिएका टेलिफोनका तार फिका ठहर्छन् । अन्तरमन्त्रालय सम्बन्ध ठालु र जोताहाको भावनाबाट ग्रसित छन् । एउटा मन्त्रालयमा पेस गरिएको कागजात अर्को मन्त्रालयको लागि स्वीकार्य हुन्न । एउटा हाकिमले लगाएको तोक अर्को हाकिमलार्ई पच्दैन । एउटा कार्यालयमा भएको कानुनको व्याख्यामा अर्को सहमत हुँदैन । शाखा अधिकृत उपसचिव, उपसचिव सहसचिव र सहसचिव सचिवसँग निचोरिएको छ । एक अर्कामा स्वस्थ प्रतिस्पर्धा हैन, प्रतिशोध छ । हाकिमी प्रतिशोधको आगोमा एउटा सामान्य सेवाग्राही कुटानी, पिसानी र पेलानी हुनुपर्ने अवस्था छ । सिक्ने सिकाउने जाँगर कसैमा छैन । सहसचिव गाडीघोडा, निजी सहायक, छुट्टै सुविधासहित राजसी छाँटमा बस्छ, तर एक तहमुनिको उपसचिव तिरष्कृत भएको महसुस गर्छ ।

एउटा उम्दा शाखा अधिकृत भोलिको सचिव हो भन्ने मर्यादा ख्याल नगर्दा त्यसको दुष्परिणाम काममा देखिन्छ । ५८ वर्ष जागिर खाने सरकारको स्थायी सन्तानलार्ई शाखा अधिकृतको नियुक्तिपत्रसँगै गाडीको चाबी बुझाइदिए के फरक पर्छ ? आखिर उसकै तलवको अंशले गाडी किन्ने हो । यसो हुँदा सरकारी सम्पत्तिको संरक्षण हुन्छ नै, कार्यसम्पादन पनि उच्चकोटीको हुन्छ । सबैभन्दा महŒवपूर्ण त के हो भने जिन्दगीभर सरकारी सेवामा रहेको मानिस कम्तीमा जागिरबाट निस्कँदा गाडी चढेको हाकिम गाडी नै लिएर घर पुग्छ । गाडीको जरुरत त जागिरबाट झरेपछि हुने हो नि !

खाइलाग्दा मन्त्रालयमा काम गर्ने शाखा अधिकृतहरूको सान, मान अलग्गै हुन्छ । राजनीतिमा भाषण छाँटिने जातीय खाडल जनताबीच के डरलाग्दो छ र त्यसको लाखगुना बढी निजामती सेवामा छ । सिंहदरवार देश बनाउने खाकाको सट्टा गुनासाका खाप लाएर बसेको वर्षौं भयो । आपूmले पाएको पदीय मर्यादालार्ई न्याय गर्ने भन्दा पनि नपाएकोमा असन्तुष्टि पोख्दै १०–५ को पात्रो पट्याउनेहरूको संख्या बढ्दो छ । एउटै पाठ्यक्रम, एउटै केन्द्र र एउटै जाँचकीमार्पmत पास भएर आएको सरकारी जागिरे एउटा कुपोषणग्रस्त भएर वीर अस्पताल धाउँछ भने अर्को अजिर्णको रोगी भएर मेदान्त अस्पताल पुग्छ । राजा महेन्द्रले २०२८ सालमा भूमिसुधारको अभियान थाल्दा असल कर्मचारी भूमिसुधार र अपेक्षाकृत रेकर्ड खराब भएकालाई भन्सारमा पठाउन उर्दी गरेका थिए रे !

आखिर त्यसको रिजल्ट के भयो ? सरकारी सेवामा सेवाग्राहीलार्ई हाँसेर सेवा दिने मान्छे भेटियो भने त्यो अपवाद हो । माथिको सुइँको मात्र फाइलमा देखियो भने नचिताएको ढंगबाट त्यो काम तमाम् हुन्छ । निजामतीका मुखियाहरूले आपूmलार्ई विधिको मसिहा त ठान्छन् तर त्यहाँबाट उम्किएपछि उनीहरूका लागि ती प्रतिबद्धता भूसको भंगेरोसिवाय केही हुँदैन । अलोकप्रिय प्रक्रियाको अर्को नाम प्रशासन हो । मेचीबाट हिँडेको बस भोलिपल्ट सरकारी कार्यालय नखुल्दै महाकाली पुग्छ तर सरकारी कार्यालयमा वल्लो टेबलबाट महिनौंसम्म पल्लो टेबुलमा फाइल पुग्दैन । सरकारी काम प्रभाव र दबाबविना शून्यको अवस्थामा पुगिसक्यो । अब त किनेको अगाडि चिनेको परिचय फिक्का भइसक्यो । मन्त्री र सचिव दुवै दौरा सुरुवाल लाउँछन् । यी दुईको सहभागिता र सहमति विना कौडीको कामले पनि वैधता पाउँदैन । तर, हाम्रो सन्दर्भमा यी दुईको यात्रा एक नदीको दुई किनार हुँदै आएको छ । देश विकासको महायज्ञमा एउटाले चरु र अर्कोले घिउ हाल्नुपर्ने हो, त्यो भएकै छैन । एउटाले चरु हाल्छ, अर्को घिउ छैन भनेर पन्छिन्छ । अर्को घिउ लिएर ठीक पर्छ तर चरु नै खलाँस । यही लुकामारीले ०७५ सालमा आइपुग्दा आर्थिक विकासको सूचकांकले आपैंmलार्ई गिज्याउँछ ।

यसको अर्को विचित्र पहेली के छ भने जब निर्णायक घडी आउँछ, त्यसबेला निजामती सेवा अमिवाजस्तो भइदिन्छ । ७० हजार कर्मचारीको छाता भएर बस्ने एकाध मुख्यसचिवहरूबाहेक प्रायः सबै जागिरे भए । आफ्नो काम नहुञ्जेल नेताहरूको एजेन्टसम्म बन्न पछि नपर्ने, चिताएको काम भएपछि विधिको भाषण गर्नेहरूको संख्या गनिनसक्नु हिसाबमा चढ्दै गयो । मेची–महाकाली जहाँ पठाए पनि जान तयार छु तर विधि नाघेर सही गर्दिन भन्ने उच्च हाकिमहरूको संख्या नेपालमा कति छ ? तातोपानी भन्सार सहजसँग चलुञ्जेल त्यहाँ पुग्न माथापच्ची गर्नेहरू नाकामा आग्लो लाग्नासाथ तर्किन थालेका छन् । स्वाभाविक हो– झापामा लाग्ने लामखुट्टेबाट त्यहाँका जनता औलो रोगी हुन्छन् । तर, लामखुट्टे मार्ने अधिकारको पृष्ठपोषण गरेर अभैm पनि सिंहदरबार बसेको छ । बस्ती आगो लागेपछि दमकलका लागि निवेदन लगेर श्री ३ लार्ई विन्ती बिसाउनुपर्ने राणाकालीन संस्कारबाट अहिले पनि सिंहदरबार निरपेक्ष हुन सकेन । तर, आफ्नो स्वार्थका लागि कर्मचारी कतिसम्म जागरुक हुन सक्छन् भन्ने विदेश भ्रमणका दर्जनौं घटनाले पुष्टि गर्ने गरेको छ । निर्णय बाहिर आउनुअघि नै बजेटका लागि हप्तौं अघि प्रभाव र दबाबका अतिसय खेलकुद हुने गरेका छन् । करोडौं रुपैयाँ बजेट विदेश जाने नाममा सकिएको छ ।

नपढेका जंगबहादुरले बेलायत यात्रापछि नेपाली सेनाको व्यवस्थापनमा अभूतपूर्व विकास गरे । गिद्दे प्रेस ल्याएर चेतनाको विकास गरे । तर, अहिले वृत्ति विकासका नाममा खर्चिएको यो धनराशिको लगानीबाट देशको प्रशासन कति चुस्त भयो ? फ्रान्सको ब्रान्डी, इटालीको जुत्ता, थाइल्याण्डको मसाज, भारतको लेहेंगा, पाकिस्तानी ज्याकेट, चिनियाँ स्पोर्ट्स सुजको विज्ञापनको दिन कट्नीकै लागि लगानी गरिएको हो भने त्यो अपराधसिवाय केही होइन । नेपालको अध्यागमन काटेर जहाजको सिटमा बसञ्जेल र उताबाट झरेपछि विदेश सम्झिएर आफ्नो देश सराप्नेहरू नै हटसिटका मालिक छन् । उनीहरूको मानसिक र मनोवैज्ञानिक सोचमा सरकारको कार्यशैली टिकेको छ । सरकारी काम समस्याको समाधान हैन, समाधानमा समस्या खोज्न मस्त छ । परपीडामा रमाउनु उनीहरूको दैनिकी बन्दै आएको छ । तत्कालीन अर्थसचिव रामेश्वर खनाल कोपभाजनमा पर्दा अर्का सचिव कृष्णहरि बाँस्कोटाले थोरै धर्म भाकिदिएको भए यतिबेला रामराज्य आइसक्थ्यो । माधवप्रसाद घिमिरे लाचार मुख्यसचिव हुँदा अर्का मुख्यसचिव लीलामणि पौड्यालले ताली नपड्काइदिएको भए सुधारको बाटो थप फराकिलो हुन्थ्यो । भोजराज घिमिरेले गिरिजाप्रसादलार्ई खुसी पारेर आफ्नो दुनो सोझ्याउन ट्रेड युनियन नामको बारुदी काँटी नछरिदिएको भए अहिले त्यसको लाभाले कोही प्रताडित हुनुपर्ने थिएन । त्याग र इमान्दारी राजनीतिमा मात्र हैन, अरूतिर पनि गहना हो । यसलार्ई आत्मसात् गर्न सकिएन भने त्यो बीचमा खोजिने समाधान आदर्श नभएर पाखण्ड हो ।

हुँदाहुँदा कर्मचारीको सरकार हुँदा तिनै कर्मचारीले हाम्रो सरकार हो भनेर स्वामित्व लिएको कतै देखिएन । एउटा ड्राइभरले वर्षौंसम्म सुरक्षित ड्राइभिङ गरेर हाकिमको काम तमाम् गर्छ तर त्यो हाकिमले स्याबासी दिएर ऊसँग हात मिलाएको विरलै देखिन्छ । ड्राइभर, कार्यालय सहायक मात्र हैन, आपूmभन्दा मुनिकासँग हार्दिकता निभायो भने प्रतिष्ठा पखालिन्छ भन्ने धेरै हाकिममा त्रास छ । यद्यपि ट्रेड युनियनको खोल ओढेर त्यही मानिस उपस्थित भयो भने उनीहरू अंगालो हाल्न तयार हुन्छन् । त्यो बेला मर्यादाको आदर्श कता बिलाउँछ ? राजनीतिमा ठेलागाडा, रिक्सा चालक, गार्मेन्ट्सका धागो कात्नेहरू सभासद्, मन्त्री भइसक्दा पनि निजामती सेवाभित्रको ठालुतन्त्र उही पाखण्डमा रमाइरहेको छ । एउटा रेसम किरो त वर्षौं मान्छेको आङ ढाकिदिएर अमर हुन्छ भने अधिकारप्राप्त मानिसहरू किन जागिरे मात्र बन्छन् ? परिवर्तनका नाममा आपूm बसेको कुर्सी, टेबल सार्नु मात्र किन जाँगरको विषय बन्छ ? उनीहरूको चिनारी हाकिम मात्र नभएर प्राज्ञिक व्यक्तित्व पनि हो भन्नेतर्पm किन विस्तार हुँदैन ? शायद प्रशासनको यही अपारदर्शी, अमूर्तशैलीका कारण हुनुपर्छ– हाकिमले आफ्नो सन्तान आफ्नै पेशामा तान्न सकेका छैनन् । हाकिमको छोरो हाकिम भएको विरलै देखिन्छ । सेवानिवृत्त भएपछि उसले बाँच्ने एकांकी जीवन पछाडिको कारण पनि यही हो ।

कौटिल्यको अर्थशास्त्र सबैले पढेका छन् । कौटिल्यले सरकारी कर्मचारीले खाएको घुस र माछाले खाएको पानीलार्ई समान मानेका छन् । जसको अर्थ हो– त्यो कर्म बाहिरबाट देखिँदैन । निजामती सेवामा सामन्ती कार्यशैली एक ईञ्च पनि परिवर्तन भएको छैन । अब ठूलोका नाममा गरिने गल्ती ढाकछोप हुने दिन गए । महाभारतका विराट पात्र भीष्म पितामह त किंकर्तव्यविमूढ पात्र भएर सकिए भने त्यही विधानले जन्माएको एउटा सामान्य मानिसमा त्यो सम्भव छैन । अब पनि माछा कुद्दैमा समुद्रको छाल उठ्दैन भनेर मनपरी गर्ने हो भने त्यस्तालार्ई ठीक लगाउने भनेको समय हो । जुन एकदिन अवश्यंभावी छ ।

टिप्पणीहरू