नक्कली फेसबुकबाट काँग्रेसी नेताको चरित्रहत्या

नक्कली फेसबुकबाट काँग्रेसी नेताको चरित्रहत्या

नेपाली काँग्रेस बैतडीको नाममा बनाइएको नक्कली फेसबुक आइडीबाट काँग्रेसी नेताको चरित्रहत्या गरिएको छ । आफ्नै पार्टीको नामबाट बनाइएको आईडीबाट नेताको चरित्रहत्या गरिएको भन्दै नेपाली काँग्रेस बैतडीले आपत्ति जनाएको छ ।

उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्रहत्या गर्ने किसिमका व्यहोरा पोष्ट भइरहेको काँग्रेस बैतडीले जनाएको छ । केही महिनायता अनधिकृत रुपमा फेसबुक आइडी बनाएर जिल्ला नेताको चरित्रहत्या गर्न खोजिएको भन्दै कारबाहीको माग गरिएको छ ।

सामाजिक सञ्जालमा आएका अनर्गल र झुटा प्रचारको पछि नलाग्न पनि नेपाली काँग्रेस बैतडीले विज्ञप्तिमार्फत् आग्रह गरेको छ ।

टिप्पणीहरू