श्रीमतीले त थाहा पाउनै नहुने

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले श्रीमती अपूर्वाको धुलाई भेटेका छन् । अस्ति मध्याह्न कार्यालयमै पुगेर पत्नीले भकुरेकी हुन् । यसरी पत्नीबाट चुटाई भेट्नुको कारण भने रोचक छ । पुतलीसडकबाट कुमारी हलतिर केही अगाडि बढेपछि राईको कार्यालय छ, आरसी पिक्चर्स भनेर । त्यही कार्यालयको सबैभन्दा माथि एउटा खाट राखेका छन् उनले । त्यही खाटमा अरू कसैसँग रमाइरहेको सुराक मिलेपछि पत्नी गत बिहीबार मध्याह्न छड्के हान्न पुगेको बताइन्छ । श्रीमतीको आक्रमणबाट टाउकामा चोट भेटेपछि आठवटा टाँका लगाइएको छ । यसअघि रातोपुलमा यस्तै काण्ड मच्चिएको पोल निलहरि काफ्लेले खोलिदिएपछि लफडा भएको चर्चा छ ।

टिप्पणीहरू