श्रीमतीले त थाहा पाउनै नहुने « Jana Aastha News Online
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022

श्रीमतीले त थाहा पाउनै नहुने

प्रकाशित मिति :  २४ जेष्ठ २०७५, बिहीबार २२:३४


चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले श्रीमती अपूर्वाको धुलाई भेटेका छन् । अस्ति मध्याह्न कार्यालयमै पुगेर पत्नीले भकुरेकी हुन् । यसरी पत्नीबाट चुटाई भेट्नुको कारण भने रोचक छ । पुतलीसडकबाट कुमारी हलतिर केही अगाडि बढेपछि राईको कार्यालय छ, आरसी पिक्चर्स भनेर । त्यही कार्यालयको सबैभन्दा माथि एउटा खाट राखेका छन् उनले । त्यही खाटमा अरू कसैसँग रमाइरहेको सुराक मिलेपछि पत्नी गत बिहीबार मध्याह्न छड्के हान्न पुगेको बताइन्छ । श्रीमतीको आक्रमणबाट टाउकामा चोट भेटेपछि आठवटा टाँका लगाइएको छ । यसअघि रातोपुलमा यस्तै काण्ड मच्चिएको पोल निलहरि काफ्लेले खोलिदिएपछि लफडा भएको चर्चा छ ।


प्रतिक्रिया दिनुहोस !