अदालत एमालेविरुध्द लागेको ओलीको आरोप

अदालत एमालेविरुध्द लागेको ओलीको आरोप

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुध्द अदालत प्रयोग भएको दावी गर्नुभएको छ । प्रहरी, सेनालगायत राज्यका अरु अंगहरु प्रयोग हुन नमानेपछि अदालतलाई अघि सारिएको ओलीको आरोप छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको सरकार हटाएर अहिलेको गठवन्धन सरकार बनाउनुलाई एमालेविरुध्द अदालत प्रयोग भएको अर्थ लगाउनुभएको हो । उहाँले एमालेविरुध्द अन्तराष्ट्रिय शक्तिसमेत लागेको दावी गर्दै कार्यकर्तालाई भ्रम तोड्न आग्रह पनि गर्नुभयो ।

एमाले सरकार छाड्न तयार भएकै कारण मुलुक र संविधान जोगिएको पनि उहाँको दावी छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनलाई उहाँले लोकतन्त्र नाश गर्ने भक्षकहरुको समूहको संज्ञा पनि दिनुभयो । ‘यिनीहरु (सत्ता गठवन्धन)लाई लोकतन्त्रका मूल्य- मान्यता होइन,सत्ता चाहिएको छ, स्वार्थ पूरा गर्नु छ । त्यसैले यी सबै लोकतन्त्रका भक्षकहरु हुन्’, ओलीको आरोप छ ।

टिप्पणीहरू