एक दिन मात्र खुल्ने बालगोपालेश्वरको मन्दिर (फोटो फिचर)

एक दिन मात्र खुल्ने बालगोपालेश्वरको मन्दिर (फोटो फिचर)

भाइटीकाको दिन मात्र खुल्ला हुने बालगोपालेश्वर मन्दिर काठमाडौं रानीपोखरीको बीचभागमा छ । यो मन्दिर दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूका लागि टीका लगाउन हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ला गरिन्छ ।

२०७२ सालको महाभूकम्पले क्षतिग्रस्त बनाएको उक्त मन्दिर तथा पोखरीको संरचनाको पुनर्निर्माण १ वर्षअघि सम्पन्न भएको हो । कोरोना महामारीका कारण गत भाइटीकाको दिन पनि मन्दिर खुल्ला गरिएको थिएन । यो वर्ष स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै हिजो खुल्ला गरिएको थियो । यसै सन्दर्भमा खिचिएका केही तस्विर :

टिप्पणीहरू