यति छिट्टै मन्त्री हटाइँदै ?

आइतबार राति क्याबिनेट बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘अँ, अहिले विभिन्न प्रकरणमा केही मन्त्रीले काम गर्न सकेनन्, बद्नाम भए, हट्दैछन् भनेर लेखेको पाइयो । कुरा ठीकै हो ।’ अर्कै प्रसंगमा उठेको कुरालाई एकाएक प्रधानमन्त्रीले यसरी व्यक्त गरेपछि केही मन्त्रीले अप्ठेरो मान्न थालिसकेका थिए । फेरि थपियो, ‘केही मन्त्रीले काम गर्न भ्याएनन्, सकेनन् । यसर्थ अब उनीहरु हट्दै छन् । काम नगर्नेलाई कारवाही गर्नुपर्ने भएको छ । त्यसको उपाय भनेको हटाउने नै त हो ।’

पाँच वर्षे सरकारका कोही मन्त्री त डेढ महिनाका पनि भएका छैनन्, राख्ने र हटाउने भन्न थालिसके । यसपछि प्रधानमन्त्रीले कुरा खोल्नुभयो, ‘अब फोरम सरकारमा आउने नै भयो । आजभोलिमै आउलान् । तिनीहरुलाई पनि त मन्त्रालय दिनुपर्छ ।’ यसरी प्रमले भन्न खोजेको कुरा हो, आफूसँग रहेका दुई मन्त्रालय (शहरी विकास र स्वास्थ्य) फोरमलाई दिने । ‘प्रधानमन्त्रीले मन्त्रालय राखेर के गर्नु ? काम गर्न भ्याइँदैन । उहाँहरु आउने नै हुनुभयो । आउने भएपछि त्यही दिने !’

टिप्पणीहरू