कपुरकोटमा ज्यान गुमाउनेको संख्या दर्जन पुग्यो

कपुरकोटमा ज्यान गुमाउनेको संख्या दर्जन पुग्यो

आज बिहान पौने ११ बजे सल्यानमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्यानको जयतपानीबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । मृत्यु हुनेमा १० पुरुष र २ महिला रहेको प्रहरीले जनाएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा बस दुर्घटना भएको हो । ५ जनाको घटनास्थलमै र ३ जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । थप चार जनाको उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या १२ पुगेको हो ।

घाइतेहरुको उध्दार गरेर सल्यानको श्रीनगर,जिल्ला अस्पताल सल्यान र दांगको तुलसीपुरमा उपचार भैरहेको जनाईएको छ । मृतक र घाइतेहरुको सनाखत हुन सकिरहेको छैन ।

टिप्पणीहरू