सल्यानमा बस दुर्घटना ८ को मृत्यु, २६ घाइते

सल्यानमा बस दुर्घटना ८ को मृत्यु, २६ घाइते

सल्यानबाट दाङतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा आठ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्यानको खलंगाबाट दाङको तुल्सीपुर जाँदै गरेको रा.१ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका ५, स्थित खारखोलामा दुर्घटनाग्रस्त भएको हो ।

बस सडकबाट दुई सय मिटर तल खसेको छ । घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज र सल्यानतर्फ लगिएको छ ।

मृतक र घाइतेहरुको सनाखत भएको छैन । प्रहरी र स्थानीयद्वारा उद्धार कार्यलाई जारी राखेका छन् ।

टिप्पणीहरू