परिवार दलको दिल्ली प्रस्थान

परिवार दलको दिल्ली प्रस्थान

तेस्रो राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल भारत प्रस्थान गरेका छन् ।

इन्डिया फाउण्डेसनको निमन्त्रणामा कार्तिक २१ गतेदेखि २३ गतेसम्म बिहारको नालन्दा विश्वविद्यालयमा हुने बिशेष सभालाई सम्बोधन गर्न उनी गएका हुन् । पूर्वमन्त्रीसमेत रहेका ढकालको भ्रमण दलमा परिवार दलका प्रवक्ता सन्तोष पौडेल र दक्षिण एशिया मामिलाका संयोजक कृष्ण अधिकारी पनि सहभागी छन् ।

सम्मेलनमा कोभिड –१९ पश्चातको विश्व व्यवस्थाको बारेमा भारत र विश्वका प्रसिद्ध व्यक्तित्वहरुले सम्बोधन गर्ने छन् भने भारतका उपराष्ट्रपति एम. वेंकैया नायडुले उद्घाटन गर्ने कार्यक्रम छ ।

ढकालको पछिल्लो भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनी भारतसँग राम्रो सम्बन्ध भएका नेपाली नेताको रुपमा चिनिन्छन् ।

टिप्पणीहरू