माधव नेपालसँग चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो वार्ता

माधव नेपालसँग चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो वार्ता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री चन चौबीच हिजो डेढ घण्टा भिडियो वार्ता भएको छ ।

वार्तामा अध्यक्ष नेपालले चिनियाँ कम्युनिष्ट पार्टीको बितेको एक शताब्दीको उपलब्धिहरुबारे सकारात्मक टिप्पणी गर्नुभएको चिनियाँ गर्नुभएको चिनियाँ पक्षले जनाएको छ । अध्यक्ष नेपालले मार्क्सवादको प्रवर्धन र अन्तर–पार्टी च्यानलहरूमार्फत् पार्टी निर्माणलाई सुदृढ पार्दै जीवन्त शक्ति कायम गर्ने चीनको बहुमूल्य अनुभवबाट सबैले पाठ सिक्नुपर्ने गर्विलो आशा राख्नुभएको बताइएको छ ।

नेपालले एक चीन नीतिको सँधै पालना गर्ने दृढता र प्रतिबद्धता जनाउँदै अध्यक्ष नेपालले चीन विरोधी गतिविधिमा विश्वका अन्य कुनै पनि सेनालाई नेपालको भूमि प्रयोग गर्न नदिने अडान पनि दोहोर्याउनुभएको छ ।

अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै चिनियाँ पक्षले भनेको छ, ‘हामी चीनसँग साँचो बहुपक्षीयताको रक्षा गर्न र एक अर्कालाई प्रजातान्त्रिक विकासको बाटोमा सहयोग पुर्याउन तयार छौं । यी सबै कार्य हाम्रो राष्ट्रिय परिस्थितिअनुरूपका हुन् । यसले अन्ततः दुई देश र समग्र मानवजातिको साझा विकासमा योगदान पुर्याउने छ ।’

अध्यक्ष नेपाल र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका उपमन्त्री चन चौबीचको भिडियो वार्ता नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको स्थापनापछि भएको पहिलो अन्तर–पार्टी सञ्चार हो ।

टिप्पणीहरू