मंगलबजारमा ग्यास सिलिण्डर पड्क्यो, चार जना ठहरै

मंगलबजारमा ग्यास सिलिण्डर पड्क्यो, चार जना ठहरै

ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर पड्कँदा चार जनाको ज्यान गएको छ । दुई जनाको सिकिस्त अवस्थामा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

आज साँझ सिलिण्डर पड्कँदा स्थानीय इन्द्रमणि ताम्राकारको घर ध्वस्त भएको छ । अन्य पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

घटनाको विस्तृत विवरण आइसकेको छैन । मारिएका चारै जना एकै परिवारका हुन् ।

टिप्पणीहरू