तीन नेताबीच बालुवाटारमा छलफल शुरु

तीन नेताबीच बालुवाटारमा छलफल शुरु

सत्ता गठवन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भर्खरै भेटवार्ता भएको हो ।

एक साता लामो विदेश भ्रमण सकेर हिजो नेपाल फर्किनुभएका प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड र नेपाल केहीबेर अघि बालुवाटार पुग्नुभएको हो । भेटवार्तामा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि सहभागी रहेको बताइएको छ ।

भेटमा न्यायालय विवाद, एमसीसीलगायतका विषयमा छलफल हुने बुझिएको छ ।

यसअघि हिजो प्रचण्ड र माधव नेपालबीच कोटेश्वरस्थित एक व्यक्तिको घरमा छलफल भएको थियो ।

टिप्पणीहरू