राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड-२०२१ नेपालकी मल्ललाई

राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड-२०२१ नेपालकी मल्ललाई

११ औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ नेपाल प्रहरीको प्रहरी उपरीक्षक डाक्टर संज्ञा मल्ललाई प्रदान गरिने भएको छ ।

कंगोको राजधानी राजधानी किन्सासामा राष्ट्र संघीय मिसनको इन्भाइरमेण्ट युनिटमा कार्यरत प्रहरी उपरीक्षक डाक्टर मल्ललाई उक्त अवार्ड प्रदान गर्ने घोषणा गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । अवार्ड संयुक्त राष्ट्रसंघीय प्रहरी सप्ताह २०२१ का अवसरमा कात्तिक २३ गते प्रदान गरिने छ ।

प्रहरी उपरीक्षक डाक्टर मल्लले कोभिड–१९ को महामारीमा स्वास्थ्य र वातावरण क्षेत्रमा सुम्पिएको जिम्मेवारी गतिशील भएको र नेतृत्वदायी भूमिका निर्वाह गरेकाले उक्त पुरस्कार दिइएको बताइएको छ ।

वातावरण संरक्षणमा राष्ट्रसंघीय मिसनको वातावरण युनिटसँग संयुक्त योजना बनाएर काम गरिएको, इबोला भाइरस फैलनबाट रोक्न तथा ज्वालामुखी विष्फोटमा मिसनका कर्मचारीहरूलाई सहयोग गर्ने कार्यमा मल्लको योगदान प्रशंसनीय रहेको राष्ट्रसंघको प्रधान कार्यालयले जनाएको छ ।

टिप्पणीहरू