​सुन ल्याउने पैसा कताबाट ?

सुनकाण्डको कुरा गर्नेबित्तिकै धेरैले भन्ने गरेका छन्, ‘खोई त त्यत्रो सुन ल्याउँदा रकम ट्रान्सफर गर्ने बैंकको नाम खुलेको छैन ? कसले, कसरी रकम पठाउँथ्यो त्यो पनि थाहा छैन । तर, खास कुरा के हो भने कल डिटेल हेरेर त्यसबेला गोरेसँग प्रहरीका क–कसको सम्पर्क भएको थियो त्यता मात्र अनुसन्धान केन्द्रित भएको थियो । फेरि गृह मन्त्रालयबाट गठित टोलीको काम भनेको सनम शाक्य हत्यासम्बन्धी छानबिन गर्ने हो । भन्सारका कर्मचारी किन समातिएनन् भने यसमा उनीहरूको भूमिका नै देखिएन । सुन भन्सारबाट छिराइएकै होइन । एयरपोर्ट सुरक्षाको जिम्मा लिएका पुलिसले आफ्नो गाडीमा हालेर सुन पास गराएको देखिन्छ ।

थाई एयरलाइन्स र नेपाल एयरलाइन्सका कर्मचारीले पनि यहीअनुसार सेटिङ मिलाएर सुन तस्करी गरिएको छ । त्यसो हुँदा समातिनेमा उनीहरू नै पर्नु स्वाभाविक हो । सुन काण्ड त सनम शाक्यको हत्याबारे अनुसन्धान क्रममा फेला परेको पाटो मात्र हो । पुलिसका हाकिम पनि यही क्रममा तानिएका हुन् । उनीहरूलाई अहिले लगाइएको आरोप पनि अपहरण र हत्याको नै छ । कतिपयले कल डिटेलले मात्र हुन्छ ? भन्ने प्रश्न पनि उठाउने गरेका छन् तर यहाँ डायरीसमेत फेला परेको अवस्था छ । त्यसमा क–कसलाई कति–कति पैसा दिएको स्पष्ट लेखिएको देखिन्छ । अर्कैै प्रकरणमा यसअघि एसएसपी श्याम खत्री पक्राउ पर्दा कल डिटेल मात्र प्रमाण पेश गरिएको थियो तर उनले सजिलै, ‘चिनेका मान्छेले फोन गरे । त्यसमा मेरो के दोष ? मैले कतै कसैलाई फोन गरेको भए कुरा बेग्लै हुन्थ्यो श्रीमान्’ भन्ने तर्क पेश गर्दै अदालतबाट उन्मुक्ति पाएका थिए । तस्करसँग सम्पर्कको आधार बलियो थिएन ।

तर, यसपटक अभियुक्तहरूले नै कुन–कुन पुलिसले कति–कति लिएको हो सोसम्बन्धी बयान नै दिएका छन् । पुलिसतर्फ मात्र किन अनुसन्धान एकोहोरियो ? भन्ने प्रश्नमा अनुसन्धानकर्ता भन्छन्, ‘उनीहरूकै संलग्नता थियो त कसको अनुसन्धान गर्नु ?’

– रामजी कुँवर

टिप्पणीहरू