एकीकृत समाजवादीले पठायो योगेश भट्टराईलाई ठेगाना

एकीकृत समाजवादीले पठायो योगेश भट्टराईलाई ठेगाना

नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएर आलोचित भएका एमाले नेता योगेश भट्टराईलाई अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पार्टीको ठेगाना सुनाएका छन् ।

सो पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष पराजुलीले आफ्नो पार्टीलाई अवैध भन्ने भट्टराईलाई उल्टै उनको ठेगाना सोधेका छन् । पराजुलीले आज जारी गरेको विज्ञप्तिमा तपाईंको प्रतिगामी पार्टी एमालेको कार्यालय कहाँ छ ? भनेर प्रश्न गरिएको छ !

उनले भनेका छन्, “करोडौँको राजश्व छल्नेहरुले दानमा दिएको घरमा पार्टी कार्यालय राख्नेहरुले सिसाको घरमा बसेर ढुंगा हानेको कत्ति पनि सुहाएन ।’ पराजुलीले आफ्नो पार्टीको कार्यालय काठमाडौँ महानगरपालिका-३१ स्थित बाग्मती किनारमा रहेको जानकारी पनि गराएका छन् ।

“हिजो आफैंले ओलीको प्रतिगमनविरुद्ध घन्काएको नारा याद छ कि छैन ? कति चाँडै प्रतिगामीको मतियार बन्न भूत चढेको ?’

जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको आधारभूत मान्यतालाई बिर्सेर भट्टराईका अभिव्यक्तिले उनको राजनीतिक कद घटाइरहेको पराजुलीको भनाइ छ । ‘जनताको व्यवस्थालाई कमजोर बनाई बा प्रवृत्तिलाई खुशी बनाउँदै नवप्रतिगामीको खरानी कति दिनसम्म घसिरहने हो र?’, उनले भनेका छन्, ‘हिजो आफैंले ओलीको प्रतिगमनविरुद्ध घन्काएको नारा याद छ कि छैन ? कति चाँडै प्रतिगामीको मतियार बन्न भूत चढेको ?’

उनले प्रतिगमनको सेवक बनेर क्रान्तिकारीहरुसँग जोरी नखोज्न पनि चेतावनी दिएका छन् । भनेका छन्, ‘कसको ठेगाना कहाँ हो ? आगामी निर्वाचनमा जनताले देखाइदिन्छन् । कुण्ठा मिश्रित अभिव्यक्ति तत्काल फिर्ता लिनू । ”

भट्टराईले बुधबार एमाले मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादी पार्टीलाई अवैधानिक घोषित गर्दै पार्टी कार्यालयको ठेगाना सोधेका थिए ।

टिप्पणीहरू