राष्ट्रिय खड्गी समाजको कार्यक्रममा प्रधानमन्त्री र शताब्दी पुरुष

राष्ट्रिय खड्गी समाजको कार्यक्रममा प्रधानमन्त्री र शताब्दी पुरुष

नेपाल राष्ट्रिय खड्गी समाजले नेपाल संवत् ११४२ को स्वागत गरेको छ । आज बिहान एक कार्यक्रमका साथ समाजले नेपाल संवतको नयाँ वर्षलाई स्वागत गरेको हो ।

ललितपुर महानगरपालिका १६, मंगलबजारस्थित कृष्ण मन्दिर गाडि द्यौला समाजका अध्यक्ष प्रकाश देउलाको सभापतित्व तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल संवत् ११४२ को स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा शताब्दी पुरुष एवम् वरिष्ठ संस्कृतिविद् डा. सत्यमोहन जोशीको पनि उपस्थिति थियो । त्यसैगरी जलस्रोत तथा ऊर्जा मन्त्री पम्फा भुसाल,प्रतिनिधिसभा सदस्य नवराज सिलवाल,कृष्णलाल महर्जन,प्रदेश सभाका सांसद ज्ञानेन्द्र शाक्य,शोभा शाक्य,राजकाजी महर्जनलगायतको बाक्लो उपस्थिति थियो ।

टिप्पणीहरू