स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

भक्तपुरमा गएराति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका ८, बोडे तीन दोबाटोस्थित धुन्चेपाखाबाट बोडेतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०२–०१६प३४३६ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक राजकुमार तामाङको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार दुर्घटनामा गम्भिर घाइते भएका मध्यपुर थिमी धुन्चेपाखाका ३५ वर्षका तामाङको उपचारको क्रममा नेपाल–कोरियन मैत्री नगरपालिका अस्पताल थिमीमा राति १ बजे मृत्यु भएको हो ।

दुर्घटनापछि घटनास्थलमा पुगेको महानरीय प्रहरी वृत्त थिमीले असावधानीपूर्वक सवारी साधन चलाउँदा दुर्घटना भएको अनुमान गरेको छ ।

टिप्पणीहरू