तिहारमा अध्यक्षज्यूले मन थाम्न नसक्दा …….

तिहारमा अध्यक्षज्यूले मन थाम्न नसक्दा …….

रुकुम पश्चिम,  जुवा खेलिरहेको आरोपमा रुकुम प्रहरीले पाँच जनालाई समातेको छ । जिल्लाको मुसिकोट नगरपालिका १३ नम्बर वडाका वडा अध्यक्षसहित पाँच जनालाई बिहिबार राती ११ बजे मुसिकोट नगरपालिका १ मठबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

सूचना अधिकारी प्रहरी निरिक्षक कपिलजंग शाहीका अनुसार पक्राउ पर्नेहरुमा वडाध्यक्ष दिपक के.सी. सहित घरधनी उत्तम खड्का,कमल बूढा,राजाराम वली र युगल पुन रहेका छन् ।

प्राप्त सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवा खालबाट ३२ थान कौडा,१ थान गलैचा र रु.एक लाख आठ हजार दुई सय ९० नगद बरामद गरेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान कार्य भइरहेको छ।

टिप्पणीहरू