गृहमन्त्री भैरहवा जानुभयो

गृहमन्त्री भैरहवा जानुभयो

गृहमन्त्री बालकृष्ण खाँण भर्खरै भैरहवातर्फ प्रस्थान गर्नुभएको छ । उहाँ बुद्ध एअरको नियमित उडानबाट अहिले बिहान त्यसतर्फ जानुभएको हो ।

भोलि भाइटीकाको लागि उहाँ गृहजिल्ला रुपन्देही जानुभएको बताइएको छ ।

अस्तिसम्म ६ दिन कायममुकायम प्रधानमन्त्री बन्नुभएका खाँण यसबीचमा बाढी र पहिरो पिडीतहरुको निरीक्षण गर्न पूर्वमा इलामदेखि पश्चिममा बझाङसम्म पुग्नुभएको थियो । ती सबै भ्रमण नेपाली सेनाको हेलिकोप्टरमा भएको थियो ।

टिप्पणीहरू