म्हःपूजाको दिन सबेरै प्रधानमन्त्री देउवा तीनतिर दौडिँदै

म्हःपूजाको दिन सबेरै प्रधानमन्त्री देउवा तीनतिर दौडिँदै

आज तिहारको चौथो दिन । आज तिथिको हिसाबले बिहान गाईतिहार र गोरु तिहार परेको छ । आजदेखि नेपाल सम्बत् ११४२ नयाँ वर्ष पनि शुरु भएको छ । आजैका दिन उक्त सम्बत्का प्रवर्तक तथा राष्ट्रिय विभूति शंखधर साख्वाः लाई विशेष रुपले सम्झना गरिँदैछ ।

आज दीपावलीको शुभकामना तथा जलपान, नेपाल सम्बत ११४२ नयाँ वर्षको शुभारम्भ र शंखधर साख्वाः को सम्झनामा आयोजित बेग्लाबेग्लै कार्यक्रममा प्रधानमन्त्री देउवा ललितपुरको मंगलबजार, भक्तपुरको थिमी र दुधपाटीमा एकाध घण्टाको फरकमा पुग्दै हुनुहुन्छ ।

सबैभन्दा पहिले न्युदँ समारोह समिति, नेपाल राष्ट्रिय खड्गी समाज, यलको आयोजनामा नेपाल सम्बत् ११४२ नयाँ वर्षको स्वागत तथा सांस्कृतिक प्रभातफेरी कार्यक्रममा सहभागी हुन बिहान ७ बजे मंगलबजार जानु भएको छ ।

त्यसपछि राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान मध्यपुर थिमिले नेपाल संबत् ११४२ नयाँ वर्षको उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा आयोजना गरेको कार्यक्रममा बिहान साढे ७ बजे सहभागी हुनुभएको छ । उहाँले राष्ट्रिय विभूति शंखधर साख्वाः को प्रतिमामा माल्यार्पण गर्नुभएको छ ।

त्यसैगरी नेपाली काँग्रेस जिल्ला कार्य समिति भक्तपुरले दीपावली, नेपाल सम्बत् नयाँ वर्ष ११४२ र छठ पर्वको अवसरमा बिहान साढे ८ बजे आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रममा पनि उहाँ सहभागी हुने कार्यक्रम छ । उक्त कार्यक्रम भक्तपुर बहुमुखी क्याम्पस, दुधपाटीमा बिहान साढे ८ बजेपछि हुने बताइएको छ ।

टिप्पणीहरू