लक्ष्मीपूजाको दिन साढे ११ किलो चरेस बरामद, ५ जना समातिए

लक्ष्मीपूजाको दिन साढे ११ किलो चरेस बरामद, ५ जना समातिए

आज राजधानीमा चरेस ओसारपसार तथा बिक्री गर्न खोजेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । काठमाडौंको म्हेपीमा प्लाष्टिकको पोका र बोरामा लुकाएर बिक्री वितरण गर्न लागेको अवस्थामा चरेससँगै अभियुक्तहरु पनि समातिएका हुन् ।

एक केजीका ११ वटा र आधा केजीको एक पोका चरेस फेला परेको बताइएको छ । अभियुक्तसँगै पाँच थान मोबाइल पनि बरामद भएको छ ।

पक्राउ पर्नेमा गोरखाका धार्चे गाउँपालिका २ का २२ वर्षे मनबहादुर गुरुङ, सोही गाविस ५ का २२ वर्षीय सजिन गुरुङ, रसुवाको कालि गाउँपालिका ६ का मैदेसिंह तामाङ, नुवाकोटको लिखु गाउँपालिका ६ का ६४ वर्षे रोजबहादुर घले र नुवाकोट बेलकोटगढी १ का ४० वर्षका चन्द्रबहादुर तामाङ हुन् ।

टिप्पणीहरू