खाने मसलाको भाउ र किन्नेको भीड बढ्ने,गुणस्तर त राम राम !

खाने मसलाको भाउ र किन्नेको भीड बढ्ने,गुणस्तर त राम राम !

काठमाडौंको व्यस्त बजारमा तिहारमा प्रयोग हुने खानेमसला किन्नेहरुको चहलपहल ह्वात्तै बढेको छ । भाइटीकाको दिन दाजुभाइलाई उपहारस्वरुप दिइने खानेमसला किन्नेको संख्या हिजोबाट अचाक्ली बढेको हो । दाजुभाइलाई सप्तरंगी टीका र मालासँगै चेलिबेटीले खाने मसलालगायतका मीठा परिकार दिने चलन छ ।

खानेमसलामा नरिवल,मिश्री,काजु, किसमिस,ओखर,देशी बदाम, सुकुमेल,पेस्ता,ल्वाङ,मखना, छोकडा,सुपारी,मरिचलगायत राख्ने गरिन्छ । पछिल्ला दिनमा यी मसला किनमेल गर्नेको भीड देखिएको हो ।

भाइमसला तिहार केन्द्रित सडकपेटीका पसलबाट पनि ठूलो संख्यामा बिक्री भइरहेको देखिन्छ । काठमाडौंको न्यूरोड,असन ललितपुरको मंगलबजार र भक्तपुरका सूर्यविनायकलगायत सडकपेटीमा खानेमसला किन्नेको भीड अन्यत्रभन्दा बढी छ ।

समग्रमा खानेमसला किन्नेहरुको भीड देखिए पनि असनमा भने अघिल्लो वर्षको तुलनामा व्यापार कम भएको स्थानीय व्यापारी सजिव बज्राचार्यले बताए । नेपाली उत्पादन लगभग नहुने भएकाले खानेमसला अधिकांश विदेशबाट आउने गरेको छ । खानेमसला खरिद गर्दा उनले स्वस्थ मसला हेर्न र खान सुझाव दिएका छन् ।

टिप्पणीहरू