शीतल निवासमा भैलो खेल्न को-को पुगे ?

शीतल निवासमा भैलो खेल्न को-को पुगे ?

आज अपरान्ह राष्ट्रपतिको कार्यालय,शीतल निवासमा महिलाहरुले भैलो खेलेका छन् । शीतल निवासमा सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले छुट्टाछुट्टै भैलो खेलेका हुन् ।

भैलो अवधिभर राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनको आँगनमा उपस्थित हुनुभएको शीतल निवास श्रोतले जनाएको छ ।

राष्ट्रपतिले दुबै टोलीलाई सेलरोटी, फलफूल र दक्षिणा प्रदान गर्नुभएको थियो । उहाँले भैलो टोलीलाई परम्परागत रुपमा बलेको दियो नाङ्लोमा राखेर चामल र सेलरोटीसहितको दक्षिणा आफ्नै हातले दिनुभएको सहभागी एक जना कलाकारले जानकारी दिएका छन् ।

टिप्पणीहरू