मन्त्री झाँक्रीलाई भेट्न अझै रोक

नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ एवम् सहरी विकासमन्त्री रामकुमारी झाँक्री एक साताको उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुुभएको छ । निमोनिया संक्रमण भएपछि उहाँ एक साताअघि वीर अस्पताल भर्ना हुनुभएको थियो ।

सामाजिक सञ्जालमार्फत उहाँले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिनुभएको छ । अस्पतालमा रहँदा आफ्नो उपचारमा संलग्न चिकित्सक एवम् स्वास्थ्यकर्मी,अस्पताल प्रशासन, सुरक्षाकर्मी,मन्त्रालयका कर्मचारीलगायत स्वास्थ्यलाभको कामना गर्ने सबैमा आभार प्रकट गर्नुभएको छ ।

संक्रमणको उच्चजोखिम कायम रहेकाले चिकित्सकहरुले मन्त्रीलाई अझै केही दिन अरुसँग भेटघाट नगर्न सल्लाह दिएका छन् ।

टिप्पणीहरू