प्रधानमन्त्री फिर्ता, गठबन्धनवारे सुर्ता

प्रधानमन्त्री फिर्ता, गठबन्धनवारे सुर्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँचदलीय गठवन्धन चुनावसम्मै जाने प्रष्ट पार्नुभएको छ । सत्ता गठवन्धनको भविष्यलाई लिएर कांग्रेसकै कतिपय नेताले फरक धारणा राखिरहेका बेला देउवाले गठवन्धन चुनावसम्मै जाने बताउनुभएको हो ।

स्कटल्यान्डमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनसम्बन्धी सम्मेलनमा भाग लिएर स्वदेश फर्किने क्रममा आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले गठवन्धन पूरै समय चल्ने भएकाले कुनै शंका नगर्न आग्रह गर्नुभएको हो ।

‘गठबन्धन पूरै समय चल्छ । गठबन्धनको बारेमा कुनै शंका नगर्नु भए हुन्छ,’ देउवाले भन्नुभयो । प्रधानमन्त्रीले प्रधानन्यायाधीश प्रकरणबारे भने केही बोल्न चाहनुभएन ।

स्कटल्याण्ड भ्रमणका क्रममा आफूले भारत,अमेरिकालगायत विभिन्न मुलुकका राष्ट्रप्रमुखहरुसँग कुराकानी गरेको भन्दै भ्रमण फलदायी बनेको दावी पनि गर्नुभयो ।

टिप्पणीहरू