एकीकृत समाजवादीको लेखापरीक्षण आयोगमा को-को समेटिए ?

एकीकृत समाजवादीको लेखापरीक्षण आयोगमा को-को समेटिए ?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय लेखापरीक्षण आयोगको छलफल र चियापान कार्यक्रम आगामी सोमबार दिउँसो डाकिएको छ । कार्यक्रम जनता बुक सेन्टर, बानेश्वरबाट शंखमुल जाने ओरालोमा दिउँसो १ बजे बोलाइएको हो ।

पार्टीको गत असोजमा भएको केन्द्रीय कमिटीको पहिलो बैठक र असोज २१ गतेको स्थायी समितिको सातौं बैठक बसेको थियो । केन्द्रीय कमिटीको पहिलो बैठकले ३५ सदस्यीय केन्द्रीय लेखापरीक्षण आयोग बनाएको हो ।

आयोगको अध्यक्षमा ताप्लेजुङका भरतकुमार श्रेष्ठ हुनुहुन्छ भने ३४ जना सदस्य हुनुहुन्छ । जसमा हरिकुमार श्रेष्ठ (काठमाडौं), आङबहादुर लामा ( डोल्पा), किशोर कुशवाह (पर्सा), कृष्णहरि थापा (काठमाडौं), चन्द्रभूषण साह (सिरहा), जिवछ महतो (धनुषा), दीर्घ ढुङ्गाना (कैलाली), देवा पोखरेल (रोल्पा), देवीलाल रावत (हुम्ला), दङगध्वज खोयाहाङ (ताप्लेजुङ) हुनुहुन्छ ।

त्यसैगरी, नरेश्वर ज्ञावली (काठमाडौं), नन्दवहादुर खत्री (जुम्ला), पदमप्रसाद पौडेल (कास्की) , पूर्णबहादुर मल्ल (कालिकोट), भवानी ज्ञवfली (दैलेख), भीमलाल गुरुङ (काठमाडौं), भुवनसिंह थापा (दोलखा), भोला साह ( धनुषा), मङ्गलमान श्रेष्ठ (काभ्रे) र मदनकाजी श्रेष्ठ (कास्की) हुनुहुन्छ ।

आयोगका सदस्यहरुमा मोहन खत्री (रुकुम पूर्व), यामप्रसाद श्रेष्ठ (म्याग्दी), रमेश भण्डारी (जुम्ला), डा. रमेश शर्मा (रुपन्देही), राजबहादुर बुढाथोकी (सल्यान), रामबाबु यादव (धनुषा), विजय कुँवर (कैलाली), शिवनाथ चौधरी (सर्लाही), सर्वराज खड्का (दैलेख), सुरेन्द्र केसी (कञ्चनपुर), सूर्य खत्री (झापा) हिमाल खत्री (जुम्ला), डा. ज्ञानेन्द्र कार्की (सङखुवासभा) रहनुभएको अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।

टिप्पणीहरू