राष्ट्रिय सभा अध्यक्ष लेकसाइडको रिसोर्टमा

राष्ट्रिय सभा अध्यक्ष लेकसाइडको रिसोर्टमा

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज पोखरामा बस्नुभएको छ । उहाँ लेकसाइडको कुटी रिसोर्टमा बस्नुभएको हो ।

अध्यक्ष तिमिल्सिना तनहुँको शुक्लागण्डकी गाउँपालिका ५ मा रहेको जनक पुस्तकालयको ४२ औं वार्षिक उत्सव कार्यक्रममा भाग लिन आज काठमाडौंबाट जानु भएको हो ।

बिहान काठमाडौंबाट पोखरा जानुभएका उहाँ दिउँसो तनहुँको कार्यक्रम सकेर साँझ पोखरा फर्कनुभएको हो । पोखरामा फर्कंदा साँझ परिसकेकाले आज उहाँ त्यतै बस्नुभएको बताइन्छ ।

टिप्पणीहरू