मधेस टुक््रयाउने झण्डा उचाल्दै मुख्यमन्त्री

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले देशको अखण्डतामै आँच आउने गरी भारतीय प्रधानमन्त्रीसामु बोलेको विवाद तातै छ । यो प्रकरणलाई ठीक ढंगले बुझ्न पृष्ठभूमि हेर्नुपर्ने हुन्छ । मधेश आन्दोलनताका सीमावर्ती बिहारमा एउटा सभाको आयोजना गरिएको थियो ।

भारतीय दलहरुकै पहलकदमीमा सम्पन्न सो सभामा सहभागी हुन फोरम अध्यक्ष उपेन्द्र यादवलाई बोलाइएको थियो तर चलाख स्वभावका उनी गएनन् र लालबाबुलाई पठाए । त्यसमा रघुवंशप्रसाद सिंह नामक पटक–पटक भारतीय केन्द्रीय मन्त्री रहिसकेका लालुप्रसाद यादवको पार्टी राष्ट्रिय जनता दलका नेता सहभागी थिए । तस्बिरमा लालबाबु र रघुवंशले संयुक्त रुपमा एउटा झण्डा फहराएको देख्न सकिन्छ । 


त्यो थियो, नेपालबाट मधेस टुक््रयाउने घोषित उद्देश्य राखेका सिके राउतको झण्डा । आजाद मधेसका नाममा नेपाललाई विभाजित गर्छु भन्नेले बोक्ने सो झण्डा विदेशी भूमिमा उभिएर फहराउनेलाई के भन्ने ? यस्तो गर्ने मान्छेले के बोल्यो भन्दै चर्चा–परिचर्चा गर्नुको के अर्थ हुन्छ ? जबकि स्पष्ट छ, उनी नेपाललाई विभाजित गर्नुपर्छ भन्ने कुरामा पहिलेदेखि नै कटिबद्ध थिए । नानीदेखि लागेको बानी भनेर कि त छाड्नुप¥यो, हैन भने मुख्यमन्त्रीजस्तो अत्यन्तै महŒवपूर्ण पदका लागि उपयुक्त पात्र होइनन् भनेर विकल्पको खोजी गर्न लगाउनुप¥यो । यसबारे उपेन्द्र यादवको पार्टीको आधिकारिक धारणा आउनुप¥यो । किन पनि त्यो आवश्यक छ भने यादव केन्द्रीय सरकारमा सहभागी हुन तयार भई बसेका मान्छे हुन् ।

टिप्पणीहरू