कोरोनाबाट आज ७ जनाको निधन, झण्डै ५ सय संक्रमित

कोरोनाबाट आज ७ जनाको निधन, झण्डै ५ सय संक्रमित

आज मुलुकभर ४ सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । ४ सय ३९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज ७ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ७७ जनामा पीसीआर तथा ३ हजार ३ सय ३६ जनामा एन्टिजेन गरी ९ हजार ९ सय १३ जनामा परीक्षण गरिँदा उक्त संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै ९ हजार १ सय २३ सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ३४ पुगेको छ । आज मुलुकभर कोरोनाबाट निको हुनेको दर ९७ दशमलब ५ प्रतिशत देखिएको छ ।

टिप्पणीहरू