प्रचण्डका कुरा यसरी पु¥याइँदै

प्रचण्डले जे–जे भन्छन् त्यो मानेर एमालेले पार्टी एकता गर्ने भएको छ । पहिले पो संविधानमा केन्द्रीय समिति वा संसदीय दलको कम्तीमा ४० प्रतिशत लिएर दल फुटाउन सक्ने प्रावधान थियो । तर, अहिलेको संविधानबाट ‘वा’ हटाएर ‘र’ राखिएको छ । त्यसैले ४० प्रतिशत केन्द्रीय सदस्य वा सांसद लिएर पार्टी फोड्ने सुविधा तत्काल प्रचण्डलाई छैन । दुवैमा ४० प्रतिशत हुनै पर्ने बाध्यात्मक व्यवस्था छ । अहिले नै दुई पार्टीको संसदीय दलमा माओवादी प्रतिनिधित्वको हिसाब गर्ने हो भने २८ प्रतिशत मात्र छ ।

४० प्रतिशत पुग्ने सम्भावना छैन । टोपबहादुर, प्रभु साह, नारायणकाजीहरूको समूहप्रति प्रचण्डलाई त्यसै पनि भरोसा छैन । यसैले पनि प्रचण्डले बाबुराम र उपेन्द्रसँग वार्ता गरेर एकीकृत पार्टीमा भरोसायोग्य समूह बनाउने कसरत गरेको बताइन्छ । पार्टी एक भएपछि प्रचण्डसँग हाल रहेको २८ प्रतिशत पनि २० प्रतिशतमा झर्छ भन्ने एमाले गणको विश्लेषण छ । हुन त बादलनिकट स्थायी समिति सदस्य महेश्वर दाहालहरू के भन्छन् भने चाहेका बेला फुट्न सक्ने अवस्था नभएसम्म पार्टी एकता हुने सम्भावना छैन । प्रचण्डले पार्टी फुटाउन चाहँदा एमालेका मान्छे चोर्नै पर्ने हुन्छ । कति सम्भावना छ त एमालेका मान्छेले प्रचण्डको भर परेर विद्रोह गर्ने ? जो–कोहीले भन्न सक्छ कि त्यस्तो सम्भावना शून्य छ । पार्टी फुटाउने मूल्यमा एमालेकाले त्यो गल्ती गर्दैनन् । विगतमा राप्रपादेखि स्वयं माले–एमाले फुटको दुर्दशा तिनले देखेका छन् । बाबुरामकै हालत पनि देखिएकै हो ।

यसैबीच, संघीय समाजवादी फोरमको गत साता सम्पन्न बैठकमा नेतृत्वमाथि गम्भीर आरोप लगाइएको छ । तर, ३ दिनसम्म चलेको सो बैठकमा बारम्बार विषयको उठान गर्दासमेत कुनै सुनुवाइ नभएपछि औंला ठड्याउने व्यक्ति नै आजित भई बैठक छाडेर हिँडेका छन् । स्रोतका अनुसार उपेन्द्र यादवको सुनसरीस्थित पूर्वनिर्वाचन क्षेत्रमै माइतीघर रहेकी एक महिलालाई गत स्थानीय निर्वाचनमा फोरमले टोखा नगरपालिकाबाट उपमेयरमा उठाएको थियो । रेणु गुरुङ नामक ती महिलालाई समानुपातिकबाट समेत माननीय बनाइयो । यही विषयमा फोरम केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज भीम राईले प्रश्न राखे, ‘नेपाल आर्मीका लेखापाल केदार भुजेलकी श्रीमती रेणुलाई समानुपातिकमा राख्न ५७÷५८ लाख रुपैयाँ लिइएको चर्चा छ । कुरा के हो, स्पष्ट पार्नुप¥यो ।’

तर, त्यो कुरामा कसैले ध्यान दिएन । बैठक शुरु भएकै दिन १९ गते सोधिएको यो सवाल २० गते पनि उठाइयो तर २१ गते पनि त्यसबारे सबै मौन बसेपछि म यस विषयमा पत्रकार सम्मेलन गर्छु भन्दै उनी बैठकस्थल छाडेर हिँडेका थिए । घोडा चढेर हिँड्ने कर्णेलकी पत्नीबारे यसरी एक कर्मठ केन्द्रीय सदस्य कुरा उठाउन बाध्य भएपछि सो पार्टीमा आर्थिक हिसाब राख्ने पूर्वकै अर्का केन्द्रीय सदस्य सुनील राईले त्यो रकम लिएको पक्का हो र त्यसमध्ये केही अशोक राईको निर्वाचन क्षेत्र र अलिकतिचाहिँ अजम्बर काङवाङको चुनावमा सकिएकाले अब यसबारे कराउनुको कुनै अर्थ छैन भन्दै सम्झाएका थिए ।

टिप्पणीहरू