लक्ष्मीपूजामा फोटोग्राफीको अनौठो विधा (फोटो फिचर)

लक्ष्मीपूजामा फोटोग्राफीको अनौठो विधा (फोटो फिचर)

फोटोग्राफी आफैंमा एउटा कथा हो । त्यसैले मान्छेहरू भन्ने गर्छन्, ‘एउटा फोटोले सारा इतिहास देखाउँछ”, एउटा फोटोले हजार शब्दमा व्यक्त गर्न नसकिने कथा र विवरण एकै पटक प्रस्तुत गर्छ ।

फोटोग्राफी शब्द ग्रीक भाषाको Phos (light अर्थात प्रकाश) र graphis (ग्राफी) बाट आएको मानिन्छ र यसको अर्थ प्रकाशको माध्यमबाट गरिने चित्रण (चित्रकला) भन्ने बुझिन्छ ।

समय र विज्ञानको विकसितरुपसँगै फोटोग्राफीका धेरै विधा देखापरेका छन् । उदाहरणको लागि फोटो–पत्रकारिता,सांस्कृतिक (cultural), पोर्ट्रेट (Portrait), ल्यान्डस्केप (landscape), वाइल्डलाइफ तथा बर्ड (wildlife or bird),इभेन्ट (event), स्टुडियो (studio) आदि ।

आज लक्ष्मीपूजाको दिन,शहरभरि झिलिमिली बत्ती र त्यसबाट निस्केका रंगीबिरंगी प्रकाशका तरंगहरु अनि फूलको सजावट जताततै देख्न सकिन्छ ।

फोटोग्राफीमा पनि यस्तै प्रकाशका तरङ्गहरुलाई चित्रण गर्दै गरिने एउटा अर्को विधा छ जसलाई लाइट ग्राफिटी वा लाइट पेन्टिङ (light graffiti÷painting) भनिन्छ। यस्तो किसिमको फोटोग्राफीको लागि पूर्णअँध्यारो समयमा लामो एक्स्पोजरमा क्यामेराको सेटिंग मिलाई प्रकाशको माध्यमबाट चित्र कोरेर क्यामेरामा कैद गरिन्छ ।

लक्ष्मीपूजाको अवसरमा आज हाम्रा फोटोग्राफरले लामो समयदेखि आफ्नो क्यामेरामा कैद गरेका लाइटग्राफिटी विधाका फोटाहरु हामीले यहाँ प्रस्तुत गरेका छौं ।

जनआस्था परिवारको तर्फबाट दीपावलीको मंगलमय शुभकामना ।

टिप्पणीहरू