डिभी भर्नेको चक्करले राहदानी विभागमा भीड

डिभी भर्नेको चक्करले राहदानी विभागमा भीड

अमेरिकी डिभी चिठ्ठा भर्न चाहनेलाई राहदानी अनिवार्य गरिएपछि काठमाडौंस्थित राहदानी विभागमा सर्वसाधारणको दिनहुँ भीड लागेको छ । दशैंलगत्तै बढेको भीड टोकन बाँडेपछि केही सहज भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

विभागका एक जना शाखा अधिकृतले भने, ‘संयुक्त राज्य अमेरिकाले खुलाएको इलेक्ट्रोनिक डाइभरसिटी भिसा (ईडिभी) चिठ्ठा भर्न राहदानी अनिवार्य गरिएकाले चाप बढेको हो ।’ केही दिन यता परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा राहदानी बनाउनेको चाप थामिनसक्नु भएको हो ।

एकैदिन हजारौंको संख्यामा राहदानी बनाउन सर्वसाधारण पुगेपछि विभागले राहदानी फाँटमा १० जना कर्मचारी खटाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कर्मचारी थपेर राहदानी बनाउने काम गरे पनि थामिनसक्नु भएपछि टोकन प्रणालीमार्फत् राहदानी बनाउने काम शुरु गरिएको विभागका उपसचिव डिल्ली आचार्यले जानकारी दिनुभयो ।

केही दिनदेखि दैनिक औसत ११ सयको हारहारीमा राहदानी वितरण हुँदै आएको छ । डिभी चिठ्ठा कार्यक्रमपछि थामिनसक्नु भीड नहुने अधिकारीहरुले विश्वास लिएका छन् ।

आचार्यका अनुसार चिठ्ठा भर्नकै लागि राहदानी बनाउन देखिएको लामो चाप घटाउन आइतबार एकैदिन ५ हजार ९ सय जनालाई टोकन दिइएको थियो । टोकन बाँडेपछि केही हदसम्म भीड नियन्त्रण भएको बताउँदै उहाँले भन्नुभयो, ‘अहिले टोकनबाट सर्वसाधारण र कर्मचारी दुबै पक्षलाई सहज भएको छ ।’

यसबीच चिठ्ठा भर्नेहरुको मात्र नभई वैदेशिक रोजगारीमा जानेहरुको निम्तिसमेत राहदानी बनाउने कार्य भइरहेको जानकारी दिइएको छ । तिहारका कारण भोलिदेखि आइतबारसम्म विभाग बन्द हुँदैछ । त्यसपछि पनि भीड भएमा टोकनका आधारमा राहदानी बनाउने कार्य हुने विभागले बताएको छ ।

केही दिनदेखि दैनिक औसत ११ सयको हारहारीमा राहदानी वितरण हुँदै आएको छ । डिभी चिठ्ठा कार्यक्रमपछि थामिनसक्नु भीड नहुने अधिकारीहरुले विश्वास लिएका छन् । दशैंपछि एक्कासी राहदानी बनाउनेको भीड लागेको हो । मङ्ग्सिरदेखि त इ पासपोर्ट नै वितरण हुँदैछ ।

टिप्पणीहरू