अब रक्सी खानेलाई आपत

डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेको बेला निर्मित एउटा कानुन यत्तिका दिनसम्म निस्क्रिय रहेर अहिले ब्युँतिन लागेको छ । वडामा एउटा मात्र बिक्री केन्द्र रहने गरी मदिरा नियन्त्रणसम्बन्धी कडा ढंगले लागू हुने तयारीमा रहेको सो कानुनमा मापसे प्रेमीको पूरा परिचयसहित रेकर्ड राख्नुपर्ने प्रावधान थियो । भारतमा रसादीप्रेमीले यस्ता पदार्थ किन्दा स्पष्ट रुपमा तीन पुस्ते विवरण लेख्नुपर्ने व्यवस्था छ । त्यहाँ ‘शराबीका नाम, शराबीके बापका नाम, नाना–दादाका नाम’ भन्दै विवरण राख्ने गरिन्छ ।

त्यसका अलावा लागुऔषध दुव्र्यसनीका सुधारगृहहरुले समाजसेवाको नाम जप्ने तर कुम्ल्याएर पैसा लिने अनि एक सुको कर नतिर्ने गरिआएकोमा अब तिनीहरुको समेत सिण्डिकेट तोड्ने योजनामा सरकार रहेको बुझिएको छ । सुधार केन्द्रबाहेक मालबाहक गाडीलाई सिंगै जोख्ने धर्मकाँटालाई पनि अनुगमनको दायरामा ल्याइने भएको छ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन कार्यलाई सहज बनाउन स्कुल, निजी व्यवसाय र सरकारी कार्यालयका लागि छुट्टाछुट्टै समय पारेर सवारी साधन कुद्न दिने विधि अपनाइँदै छ ।

स्कुललाई बिहानै समय दिने, निजी क्षेत्रको कार्यालय समय बिहान चाँडै र बेलुका छुट्टीसमेत चाँडै गर्ने तयारी हुँदै छ । विभिन्न सामान बोकेर भित्रिने ठूला सवारीहरुलाई मुख्य शहर छिर्नुअगाडि नै सरसफाइ गरेर मात्र आउन दिने व्यवस्था मिलाइँदै छ । ठूला गाडीको पांग्रामा टाँसिएको माटो धुने, पखाल्ने गर्दा भित्री शहरमा धुलोको मात्रा कम गर्न सकिने सरकारी सोच रहेको स्रोत बताउँछ ।

टिप्पणीहरू