वन कुखुरा भन्दै श्रीमतीको शिकार

वन कुखुरा भन्दै श्रीमतीको शिकार

गुल्मीमा वन कुखुरा मार्ने भन्दै श्रीमानले श्रीमतीलाई ताकेर गोली प्रहार गरेका छन् । कुखुरा मार्न श्रीमतीलाई साथमा लिएर गएका श्रीमानले सुनसान ठाउँमा पुगेपछि श्रीमतीलाई हथौडा प्रहार गरेर ढालेका थिए । हथौडाले हानेपछि श्रीमती भाग्न खोज्दा उनले पछाडिबाट गोली हानेका हुन् ।

मुसिकोट नगरपालिका–४, वडागाउँका अध्यक्ष ओमबहादुर के.सीकाअनुसार स्थानीय दिपक काउछा मगरले श्रीमतीको हत्या प्रयास गरेका हुन् । जङगलमा लगेर काउछा मगरले ४२ वर्षीया श्रीमती बसन्तीलाई पहिले हथौडा र त्यसपछि गोली चलाएको अध्यक्ष केसीले बताउनुभयो ।

जनआस्थासँग कुराकानी गर्दै अध्यक्ष केसीले काउछा मगरले श्रीमती मरेको ठानेर हिँडेका थिए । तर, बसन्तीले भनेपछि गाउँलेलाई गुहारेकी थिइन् । केसीका अनुसार भरुवा बन्दुकको छर्रा लागेर घाइते बसन्तीको जिल्ला अस्पताल तम्घासमा प्राथमिक उपचार भएको थियो । तर,समस्या देखिएपछि उनलाई बुटवलबाट वीरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौं रिफर गरिएको छ ।

बसन्तीलाई बन्दुकको छर्रा कम्मरमा लागेको छ । घटनापछि फरार दिपक काउछालाई हिजै स्थानीय गजुँग्गा भन्ने ठाउँमा मादक पदार्थ खाँदै गरेको अवस्थामा वडाध्यक्षको रोहवरमा प्रहरीले पक्राउ गरेको छ ।

टिप्पणीहरू