मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात घाइते

मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात घाइते

धादिङमा मिनी ट्रक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । ट्रकमा रहेका सात जना घाइते भएका छन् । जिल्लाको धुनिबेसी नगरपालिका १ मा गएराति मिनी ट्रक दुर्घटना भएको हो ।

कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा. ४ ख ५८४८ नम्बरको मिनी ट्रक अनियन्त्रित भइ पल्टिँदा धुनिबेसी नगरपालिका १ की ५२ वर्षीया साईंली तामाङ र ५५ वर्षीया रुमाल तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि काठमाडौंको स्वयम्भूमा रहेको मनमोहन मेमोरियल अस्पतालमा लगिएकोमा उनीहरुको उपचारको क्रममा ज्यान गएको प्रहरीले बताएको छ ।

ट्रकमा सभार अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको काठमाडौंको ट्रमा सेन्टरमा र पाँच जनाको मनमोहन मेमोरियल अस्पताल, स्वयम्भुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू