विदेशी पत्रकारको सगरमाथा अनुभव

विदेशी पत्रकारको सगरमाथा अनुभव

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका पत्रकार सिके नायकले हालै सगरमाथा क्षेत्र घुमघाम गर्दाको अनुभव साटेका छन् । भारतीय प्रेस काउन्सिलको निवर्तमान सदस्य रहेका नायकले ‘फ्लाइट टु एभरेष्ट’ शीर्षकको लेखमा आफ्नो अनुभव साटेका हुन् ।

लेखमा नायकले कोभिड–१९ को महामारीका कारण लगाइएको बन्दाबन्दीपछि पुनः सुचारु भएको पर्वतीय उडान (माउण्टेन फ्लाइट) मा आफूले पनि भाग्यवशः सयर गर्ने अवसर पाएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालका दुई प्रमुख निजी वायुसेवा कम्पनी बुद्ध एयर र यति एयरलाइन्सले कोभिड–१९ को महामारीका कारण लगाइएको लामो बन्दाबन्दीपछि सगरमाथा र हिमालको दर्शनका लागि पर्वतीय उडान सुचारु गरेका छन् । यस्तो दुर्लभ उडानमा जीवनमा पहिलो पटक उड्ने अवसर मैले पनि पाएँ । यो पनि एउटा भाग्य हो ।’

पर्वतीय उडानको क्रममा पश्चिमबाट पूर्वतर्फ हिमालको सबैभन्दा नजिकै उड्दै गर्दा आफूले देखेको सेतो हिउँ, ताल र हिमनदीहरू एवम् हिमालबाट बग्ने कञ्चन पानीसँग समान रूपमा चम्किरहेको त्यो मनमोहक सुन्दरता एवम् हिमालयको विस्मयको तुलना अरु केहीसँग पनि गर्न नसकिने नायकको अनुभव छ ।

पर्वतीय उडानको क्रममा आफूले काठमाडौंको सबैभन्दा नजिकको लाङटाङ चुचुरोबाट शुरु हुने नेपालका पूर्वी भेगमा रहेका अग्ला चुचुराहरूको झलक एकै साथ हेर्न पाएको लेखमा वर्णन गरेका छन् ।

हिजोआजको जीवनमा एक पटकको अनुभवको सम्झना गर्नैपर्ने उल्लेख गर्दै उनले एयरलाइन्सले उडान पूरा भएपछि प्रत्येक यात्रुलाई व्यक्तिगत रूपमा सगरमाथाको अनुभव प्रमाणपत्र प्रदान गरेको समेत लेखेका छन् ।

चालकदलले प्रत्येक यात्रुलाई ककपिटमा एक–एक गरेर लैजाँदै सगरमाथाको सबैभन्दा अचम्म र दुर्लभ दृश्य हेर्न अनुमति दिएको समेत पत्रकार सिकेले लेखेका छन् । उनले भनेका छन्, ‘यसअघिका कतिपय गलत धारणा विपरीत, पर्वतीय उडानमा संलग्न विमानहरू सुरक्षित भएका र चुचुराहरूको दर्शनको निम्ति धेरै घण्टा उडान गरेका अनुभवी पाइलटहरू रहने गरेको समेत उनले आफ्नो लेखमार्फत् जानकारी गराएका छन् ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/11/October2021_issue.pdf”]

टिप्पणीहरू