काङ्ग्रेसनिकट वकिल संगठनको प्रधानन्यायाधीशलाई साथ

काङ्ग्रेसनिकट वकिल संगठनको प्रधानन्यायाधीशलाई साथ

सत्तारुढ काङ्ग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोशिएसन (डिएलए) प्रधानन्यायाधीशको बचाउमा खुल्ला रूपमा उभिएको छ । डिएलएको प्रेस विज्ञप्तीमा घुमाउरो भाषा प्रयोग गर्दै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको बचाउ गरिएको छ ।

विज्ञप्तीमा कहिँकतै प्रधानन्यायाधीशको राजीनामा वा बहिर्गमनवारे उल्लेख छैन । डिलए अध्यक्ष योगेन्द्रबहादुर अधिकारी र महासचिव लक्ष्मी रावलको तर्फबाट विज्ञप्ती आएको भन्दै अरु केही पदाधिकारी,केन्द्रीय सदस्य र आन्दोलनमा सहभागी डिलए निकट वरिष्ठ अधिवक्ताहरु क्रुद्द बनेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।डिएलए अध्यक्ष अधिकारी र महासचिव रावलमाथि प्रधानन्यायाधीशसङ्ग निकटता रहेको ती सदस्यको दाबी छ । प्रधानन्यायाधीशको विवादमा डिएलए दुई फ्याक भएको छ ।

टिप्पणीहरू