विदेशबाट फर्केकालाई सिनामंगलमै लुटियो

विदेशबाट फर्केकालाई सिनामंगलमै लुटियो

कतार,युएई,मलेसियालयायतका देशहरुमा वैदेशिक रोजगारमा गएकाहरु फर्कने क्रममा लुट्ने समूहलाई प्रहरीले समातेको छ । विदेशबाट आएका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्कने बित्तिक्कै विभिन्न बहानामा लुट्दै आएका उनीहरु आज प्रहरीको फन्दामा परेका हुन् ।

महानगरीय परिसर काठमाडौं गौशाला वृत्तको विशेष टोलीले गत बिहीबार राति कतारबाट आएका एक जना यात्रुलाई ट्याक्सी चढेको अवस्थामा समेत लुटेपछि उक्त रहस्य खुलेको हो । लुटेराहरुले ती यात्रु चढेको ट्याक्सीलाई सिनामंगलस्थित कार्गो गोदामअगाडि दुई वटा मोटरसाइकलले छेकेका थिए ।

त्यसपछि ट्याक्सीमा रहेका यात्रुको दुई थान मोबाइल,६ सय कतारी रियाल र २५ ग्रामको सुनको औंठी लुटेर फरारमध्ये दुई जनालाई हिजो दिउँसो लुटिएको मोबाइल र उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित पक्राउ गरिएको हो । अहिले उनीहरुलाई प्रहरीको गौशाला वृत्तमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू