राति ९ बजेपछि द्यौसी–भैलोमा रोक

राति ९ बजेपछि द्यौसी–भैलोमा रोक

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तिहारका अवसरमा खेलिने द्यौसी–भैलोलगायतका कार्यक्रम राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने बताएको छ ।

प्रशासनले आज एक सूचना जारी गरी कोभिड–१९ रोगको संक्रमणदर अपेक्षित रुपमा घट्न नसकेको र यसको प्रकोप थप बढ्न सक्ने चेतावनी दिएको छ । उसले भनेको छ, ‘सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्णपालना गरी द्यौसी–भैलोजस्ता नाचगान कार्यक्रम राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइन्छ ।’

त्यस्तै, द्यौसी–भैलो कार्यक्रम सार्वजनिक यातायात र दैनिक जनजीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्नसमेत प्रशासनले आग्रह गरेको छ ।प्रशासनले विस्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवम् बिक्री वितरण गर्नमा समेत रोक लगाएको छ । चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिकस्थलमा होहल्ला गर्ने एवं झैझगडा गर्ने कार्यमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

टिप्पणीहरू