गोरखापत्रले हटाएका पत्रकारको पुनर्बहाली गर्न महासंघको माग

गोरखापत्रले हटाएका पत्रकारको पुनर्बहाली गर्न महासंघको माग

गोरखापत्र संस्थानमा पछिल्लो १५ वर्षदेखि कार्यरत २९ जना पत्रकारलाई सरकारले हटाउने निर्णय गरेकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संस्थानले हालै विभिन्न जिल्लामा करार सेवामा कार्यरत संवाददाता तथा स्ट्रिन्जरलाई हटाउने निर्णय गरेको छ । सरकारको उक्त कदम श्रमजीवी पत्रकार ऐनविरुद्धका साथै श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र स्वतन्त्रतामाथि समेत गम्भीर प्रहार भएको महासंघले ठहर गरेको छ ।महासंघले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयको बिरोध गरेको छ । उसले भनेको छ, ‘हटाइएका सबै पत्रकारलाई तत्काल पुनर्बहाली गरियोस्, अन्यथा श्रमजीवी पत्रकारको पक्षमा संघर्षका कार्यक्रम अगाडि बढाउन बाध्य हुनेछौं ।’

त्यस्तै, सरकारी सञ्चारमाध्यममा प्रत्येक सरकार परिवर्तनपछि नयाँ नियुक्त गर्ने र पुरानोलाई निकाल्ने परम्पराको स्थायी समाधानका लागि निष्कर्ष निकाल्न पनि महासंघले आग्रह गरेको छ ।

टिप्पणीहरू