राजेन्द्र राई प्रदेश नम्बर १ को मुख्यमन्त्री नियुक्त

राजेन्द्र राई प्रदेश नम्बर १ को मुख्यमन्त्री नियुक्त

नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज अपरान्ह मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

निवर्तमान मुख्यमन्त्री भीम आचार्यले हिजो बिहान पदबाट राजीनामा दिएलगत्तै बहुमत सांसदको हस्ताक्षर जुटाएर राईले हिजै साँझ मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । मुख्यमन्त्री राईलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थन रहेको छ ।

मुख्यमन्त्री राईले आजै शपथ लिने तयारी छ ।

टिप्पणीहरू