भट्टीमा रमाउनेसँग भाउन्न

सिने वृत्तमा चर्चा छ निकिता पौडेलको । चर्चा कुन अर्थमा भने उनले केही दिनअघि मात्र सञ्चार राज्यमन्त्री गोकुल बास्कोटालाई भेटिन् । झाँको झारे मन्त्रीले । उनले हलमा ९० दिन मात्र नेपाली चलचित्र चलाउने र बाँकी दिन जुनकुनै सिनेमा चलाउन मिल्ने प्रस्ताव लिएर गएकी थिइन् । उनको प्रस्तावलाई नकार्दै मन्त्रीले ‘तपाईं कस्तो अध्यक्ष ? वर्षको ३६५ दिनमध्ये ९० दिन मात्रै नेपाली फिल्म चलाउने ? तपाईं नेपाली चलचित्र क्षेत्रको रक्षक हो कि भक्षक ?’ भन्दै झपारेको चर्चा छ । तर, यस्ता हल्ला हावादारी भएको निकिताको प्रस्टीकरण छ । उनले आफू महिला भएकै कारण चौतर्फी आक्रमण भएको र एउटा महिलालाई सिध्याउन न्वारानदेखिको बल लगाएर अग्रजहरू लागिपरेको बताइन्छ । सामाजिक सञ्जालमा आक्रोश पोख्दै निकिताले रातभरि शहरका रेस्टुरेण्टमा बसेर एक महिलालाई सिध्याउने मिटिङ नबस्न चेतावनी दिएकी छन् ।]

कलाकार पनि कोभन्दा कम
नेपाली सिने क्षेत्रमाथि एउटा आरोप लाग्दै आएको छ । त्यो हो, हाम्रो सिनेमा नाम, दाम र चार्मबिनाको । तर, दीपकराज गिरीहरूको हकमा भने यो तथ्य लागू हुँदैन । उनले यही क्षेत्रबाट नाम मात्र होइन, दाम पनि मनग्यै आर्जन गरेका छन् । पछिल्लो पटक गिरीले झण्डै ८० लाख मूल्य पर्ने नयाँ कार खरिद गरेका छन् । ४ वर्षदेखि चढ्दै आएको सुजुकी डिजायरको ठाउँमा टाटाको हेक्जा खरिद गर्न भ्याएका हुन् । तीतोसत्य टेलिशृंखला बन्द गरेर चलचित्र निर्माणमा होमिएका दीपकले झैं दीपाश्री निरौलाले समेत केही वर्षअघि बानेश्वरमा बंगला बनाएकी थिइन् ।

टिप्पणीहरू