श्रीमानहरुद्वारा आज फेरि किन बेञ्च बहिष्कार ?

श्रीमानहरुद्वारा आज फेरि किन बेञ्च बहिष्कार ?

हिजो आंशिक रुपमा खुलेको सर्वोच्च अदालतको इजलास अचानक रोकिएको छ । प्रधानन्यायाधीशले बैंकिङ कसुरको मुद्दासमेत पेशीमा चढाउनुभएको भन्दै न्यायाधीशहरुले इजलास बंक गर्नुभएको हो । आज सर्वोच्चमा विभिन्न ६ वटा इजलास तोकिएका छन् । ती सबै बहिष्कार गरिएको छ ।

हिजो ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्र तोकिएका थिए । आज पनि इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दा मात्र तोक्न आग्रह गरेको बताइन्छ ।

यता सर्वोच्चमा न्यायाधीशहरुको बैठक जारी छ । हिजो साँझ प्रधानन्यायाधीशसँग बालुवाटारमा भएको कुराकानीबारे जानकारी गराएपछि न्यायाधीशहरुले राणाले झुल्याउन खोजेको निश्कर्ष निकालेका छन् । बैठकमा न्यायाधीश अनिलकुमार सिन्हाले हिजोको भेटवार्ताबारे जानकारी गराउनुभएको थियो ।

वार्तामा सहभागी एक न्यायाधीशका अनुसार अब प्रधानन्यायाधीशको राजीनामा मात्र बटम लाइन हुने गरी निश्कर्ष निकाल्ने तयारी गरिएको छ । राणासँग थप वार्ता नगर्ने मुडमा न्यायाधीशहरु देखिनुभएको उच्च स्रोतको दाबी छ ।

टिप्पणीहरू