ओलीलाई रेणु दाहालको प्रश्न : तपाईंलाई भोट माग्न जाँदा हाम्रो परिवारमा घटना घटेको होइन ?

ओलीलाई रेणु दाहालको प्रश्न : तपाईंलाई भोट माग्न जाँदा हाम्रो परिवारमा घटना घटेको होइन ?

प्रचण्डलाई भोट मागेर गल्ती गरेको भन्ने एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिको भरतपुर महानगरकी मेयर तथा प्रचण्डपुत्री रेणु दाहालले जवाफ फ़र्काउनुभएको छ । ओलीलाई भोट माग्नैका लागि बिरामी आमालाई घरमा एक्लै छोडेर प्रचण्ड झापा पुगेको दाहालको भनाइ छ ।

हिजो चितवन पुग्नुभएका ओलीले प्रचण्डको निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा प्रचण्डका लागि भोट मागेर गल्ती गरेको टिप्पणी गर्नुभएको थियो । ओलीको उक्त भनाइको दाहालले कटाक्षपूर्ण जवाफ दिनुभएको हो ।

‘ओलीलाई भोट माग्न ओलीको क्षेत्रमा ओलीसहित अध्यक्ष प्रचण्ड झापा जाँदा घरमा आमा मात्र त्यही पनि पार्किन्सनको बिरामी,भाइको मध्यरात अचानक स्वास्थ्यमा समस्या आई दु:खद घटना घट्यो’,

‘ओलीलाई भोट माग्न ओलीको क्षेत्रमा ओलीसहित अध्यक्ष प्रचण्ड झापा जाँदा घरमा आमा मात्र त्यही पनि पार्किन्सनको बिरामी,भाइको मध्यरात अचानक स्वास्थ्यमा समस्या आई दु:खद घटना घट्यो’, दाहालले फेसबुकमा लेख्नुभएको छ, ‘घरमा परिवारका सदस्य कोही पनि नभएको बेला सबै आ-आफ्नो चुनावी मैदानमा,बिरामी आमामात्र घरमा । के थाहा समयमै अस्पताल लैजान पाएको भए भाइको ज्यान जोगिन पनि सक्थ्यो ।’

“झण्डै दुई तिहाईको सरकार के ओली एक्लैले ल्याएको हो ? एक्लै बहुमत ल्याएको भए माओवादीले साथ् छोड्दा किन सबै गर्ल्यामगुर्लुम ढल्यो त ?’

यस्तो परिस्थितिबाट माओवादीसँगको सहकार्यले मात्र ओली प्रधानमन्त्री बनेको भन्दै उहाँले धेरै घमण्ड नगर्न चेतावनी पनि दिनुभएको छ । दाहालको प्रश्न छ, ‘झन्डै दुई तिहाईको सरकार के ओली एक्लैले ल्याएको हो ? एक्लै बहुमत ल्याएको भए माओवादीले साथ् छोड्दा किन सबै गर्ल्यामगुर्लुम ढल्यो त ?’

उहाँले आगामी निर्वाचनमा त्यसैगरी जितेर एक्लै सरकार बनाई देखाउन ओलीलाई चुनौती पनि दिनुभएको छ । माओवादीकै प्रस्ताव र समर्थनमा दुई पटक प्रधानमन्त्री बनेकाले ओलीलाई ठूला कुरा नगर्न पनि दाहालले भन्नुभएको छ । ‘इतिहासमा दुई पटक प्रधानमन्त्री माओवादीकै सहयोगमा भएकाले ठूला कुरा नगरेकै बेस होला’, उहाँको चेतावनी छ ।

टिप्पणीहरू