तिहारमा घर जानेलाई खोजी खोजी खोपको सुविधा

तिहारमा घर जानेलाई खोजी खोजी खोपको सुविधा

सरकारले तिहार मान्न उपत्यका छोडेर घर जाने सबैलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहानैदेखि उपत्यका छाड्नेहरुलाई बस छुट्ने मुख्य चार स्थानमा खोपको ब्यवस्था गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कलङ्की,बल्खु,कोटेश्वर र सामाखुसीमा खोप केन्द्र स्थापना गरी बिहानैदेखि खोप लगाउन थालिएको बताउनुभयो । उहाँकाअनुसार उपत्यका छाड्नेले पहिलो र दोस्रो दुवै मात्रा खोप पाउने छन् ।

पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड लैजानुपर्ने र अहिलेसम्म खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज दिइने पौडेलले बताउनुभयो ।

खोप परिचयपत्र भएका १८ वर्षभन्दा माथिका सबैले पाउने पनि उहाँले जानकारी दिनुभयो । खोप केन्द्रहरुमा अस्ट्राजेने र भेरोसेलको खोप पाइने पौडेलको भनाई छ । खोप आज र भोलि बिहान साढे ७ बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने पनि उहाँले जानकारी दिनुभयो ।

टिप्पणीहरू