चिची पनि उनैलाई, पापा पनि उनैलाई

सेनामा केही अफिसर यस्ता छन्, जसले सबैभन्दा बढी सुविधा, सहुलियत, भ्रमण र तालिमको अवसर लिएका छन् । नेपालमा हुँदा पनि सधैं आकर्षक पोस्टिङ मिलाएर बस्थे । यस्ता अफिसरको सूचीमा महासेनानी अनुपजंग थापा सबैभन्दा माथि पर्छन् ।

मेजर हुँदै भावी चिफको पगरी गुथाइएका उनी नक्सालनिवासी अवकाशप्राप्त पाइलट जर्नेल तेजेन्द्र थापाका छोरा हुन् । बेलायतमा अफिसर तालिम लिएका उनको व्यक्तिगत किताब हेर्ने हो भने युके, युएसए, स्विट्जरल्याण्ड, अफ्रिका, जापान, बैंकक, युएन हेडक्वार्टर तालिम तथा सेमिनार र मिसन लेख्ने ठाउँ नपुगेर छुट्टै पन्ना थपिएको छ । करिब ६ पटक युके, १५–२० पटक युएसए, दुईपटक स्विट्जरल्याण्ड र अन्य देशको लेखाजोखा गर्न सकिने गरी मौका प्राप्त भएको छ । प्रधानसेनापतिको सैनिक सहायक र रेञ्जर रेजिमेन्टको कमाण्डर एकैपटक चलाउँदा चलाउँदै दुईतारे जर्नेल हुन चाहिने तालिमको लागि वार कलेज गर्न अमेरिका पुगेका छन् ।

अनुप नभए सेना चल्नै सक्दैन भन्ने मानसिकताले गाउँतिरबाट आएका अफिसरलाई मौकै दिइएको छैन । प्रमोसनलाई अति आवश्यक तक्मा, बढी डलर आउने ठाउँमा मौका उनैले मात्रै किन पाएका होलान् ? रक्षामन्त्रीज्यूले एकपटक व्यक्तिगत किताब झिकाएर हेर्ने हो कि ?

– गाउँले लाटा, गाँडा तन्नेरीहरू

टिप्पणीहरू