ट्रक दुर्घटना,एकको मृत्यु,एक घाइते

ट्रक दुर्घटना,एकको मृत्यु,एक घाइते

आज बिहान १ नम्बर प्रदेशको तेह्रथुम फेदाप गाउँपालिका-२ स्थित भित्री सडक खण्डमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु र एक घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक काभ्रेपलान्चोकका २७ बर्षीय रोहित अधिकारी हुन् । र घाइते हुने सह-चालक २४ बर्षीय सुदिप राई । सो दुर्घटना बिहान राती साँढे १ बजे भएको थियो । ट्रक ओसीडाँडादेखि सदरमुकाम म्याङलुङतर्फ जाँदै गरेको थियो । बागमती प्रदेश ०१-००६ ख २७७० नम्बर भएको सो ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मीटर तल खसेको प्रहरीले बताएको छ । दुर्घटनापछि दुवैलाई स्थानीयले गम्भीर हालतमा भेटेपछि उपचारको लागि जिल्ला अस्पताल म्याङलुङ पठाईएका थिए । घाइते चालक अधिकारीको उपचारको क्रममा केही घण्टाअघि मृत्यु भएको छ भने सह-चालक राईको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू