उमेर नपुग्दै कर्णेलहरु धमाधम घरतिर

उमेर नपुग्दै कर्णेलहरु धमाधम घरतिर

नेपाली सेनामा आफू र आफ्ना मान्छे अनुकूलका नियम र प्रक्रिया अपनाउँदा जनताका छोराछोरी मारमा पर्ने गरेका घटना नौला होइनन् । स्टाफ कलेज गरेकै पनि कतिपय प्रमुख सेनानीहरु फास्ट ट्रयाकको मारमा परेर धमाधम घर गएका हुन् ।

सेनाको उच्च स्रोतले भने अहिले आएर बढुवा दिईवरी घर पठाउन थालिएको दाबी गरेको छ । अवकाश पाएर घर गएकाहरुले बढुवा भएपछि एक सेकेण्ड पनि कार्यालयमा बस्न नपाउने गरी ल्याइएको योजनाले थोरै राहत दिए पनि अन्तिममा “मानार्थ पाएको त हो नि” भन्ने टिप्पणीका कारण मर्का पर्ने गरेको बताएका छन् ।

भर्खरै पनि साजन ढुंगाना,सुशील सिलवाललगायतलाई एक महिने बढुवा दिएर घर पठाइएको छ । सेनाका अधिकारीहरु भन्छन्, ‘एकातिर भर्नाप्रति युवा पुस्ता उदासिन देखिनु अर्काेतिर उमेर छँदैका राम्रा अफिसरहरुलाई बेला नपुग्दै घर पठाउनु राम्रो लक्षण होइन । भलै उनीहरुले महासेनानीको पेन्सन पाउँछन् । तर नेपाली सेनाले उनीहरुबाट पाउने बेलामा गुमाउनु परेको छ ।

टिप्पणीहरू