ललितपुरमा आगलागी,टेलर्स र जुत्ता पसल ध्वस्त

ललितपुरमा आगलागी,टेलर्स र जुत्ता पसल ध्वस्त

ललितपुरमा आज साँझ आगलागी भएको छ । ललितपुर महानगर-५ स्थित शान्तालक्ष्मी बज्राचार्यको बज्राचार्य टेलर्समा सल्केको आगोले अन्य पसलसमेत ध्वस्त भएको हो ।

टेलर्समा बिजुली सर्ट भएर लागेको आगोले नजिकैको पूर्ण सु सेन्टर पनि जलेको छ । त्यसैगरी नजिकैको सुवास फेन्सी पसलमा पनि आगोले क्षति पुर्याएको छ ।

ललितपुर महानगर र सेनाका दुई वटा दमकलका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ । आगलागीका कारण ७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

टिप्पणीहरू